प्रेस क्लब अफ् सिक्किमको आगामी १७ जुलाईका दिन २०औं स्थापना दिवस

IMG_20220624_232858.jpg

गान्तोक। प्रेस क्लब अफ् सिक्किमले आगामी १७ जुलाईका दिन २०औं स्थापना दिवस भव्य रूपमा पालन गर्ने निर्णय गरेको छ। यस अवसरमा, प्रेस क्लब अफ् सिक्किमले ‘१६औं कञ्चनजङ्गा कलम पुरस्कार’ वरिष्ठ पत्रकार भीम राउतलाई प्रदान गर्ने निर्णय लिएको छ। आज बसेको प्रेस क्लब अफ् सिक्किमको कार्यकारी समितिको बैठकमा विभिन्न नाममाथि विचार विमर्श गरेपछि कञ्चनजङ्गा कलम पुरस्कार २०२२ को निम्ति भीम राउतको नामलाई सर्वसम्मतिले स्वीकृति दिएको छ। यो पुरस्कार आगामी १७ जुलाईमा प्रेस क्लब अफ् सिक्किमको २०औं स्थापना दिवसको अवसरमा प्रदान गरिनेछ।

अजै, प्रेस क्लब अफ् सिक्किमले आफ्नो स्थापना दिवसको अवसरमा राज्यमा सेवारत युवा पत्रकारलाई दिॅंदै आएको ‘लगनशील युवा पत्रकार पुरस्कार २०२२ पत्रकार’ सुजल प्रधानलाई प्रदान गर्ने निर्णय लिएको छ र साथै सभाले स्थापना दिवसमा वरिष्ठ पत्रकार सुकवीर ब्लोनलाई सम्मान गर्ने निर्णय लिएको छ।

प्रेस क्लब अफ् सिक्किमले, कञ्चनजङ्घा कलम पुरस्कार, लगनशील युवा पत्रकार पुरस्कार र सम्मानका लागि चयनित हुनुभएका तीनैजना पत्रकारहरुलाई हार्दिक बधाई र शुभकामना व्यक्त गरेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *