गान्तोक: राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङको दूरदर्शी सोंचकै फलस्वरूप जलवायु परिवर्तनविरुद्ध उल्लेख्य पहल गर्दै शुरु गरिएको मेरो रूख मेरो सन्तति योजनाको मन्त्री एमएन शेर्पाले खुलेर प्रशंसा गरेका छन्। आज विश्व पर्यावरण दिवसको अवसरमा सोम्बारिया देवी मन्दिर परिसरमा विरुवा रोपण कार्यक्रम अवधि मन्त्री शेर्पाले यस योजनाको खुलेर प्रशंसा गरेका हुन्।
“मेरो रुख मेरो सन्तति” योजनालाई सफल बनाउन सरकार-विभाग मात्रै लाग्दा सम्भव नहुने उल्लेख गर्दै मन्त्री शेर्पाले पर्यावरण संरक्षणमा आम-नागरिकले पनि सहभागिता जनाउँदै विरुवा रोपणमा हात बढ़ाउनुपर्ने आह्वान गरे। आजको कार्यक्रममा मन्त्री शेर्पासँगै अनुसूचित जनजाति कल्याण बोर्डका अध्यक्ष प्रेमकुमार सुब्बा लगायत अन्यको उपस्थिति रहेको थियो। यस कार्यक्रममा सहभागी बनेर पर्यावरणको संरक्षणमा उल्लेख्य हात बढ़ाएकोमा सम्पूर्णप्रति मन्त्री शेर्पाले धन्यवाद व्यक्त गरे।










