भाजपाद्वारा विभिन्न स्थानमा विरूवा रोपनसँगै सर सफाई अभियान

IMG-20230605-WA0451.jpg

गान्तोक: विश्व पर्यावरण दिवसको अवसरमा आज भारतीय जनता पार्टीले राज्यव्यापी रूपमा व्यापक विरूवारोपण कार्यक्रम साथै सफाई अभियान सञ्चालन गऱ्यो। केन्द्रमा भाजपा सरकारको ९ वर्ष पूरा गरेकोमा चलिरहेको महिनाव्यापी कार्यक्रमको एक भागको रूपमा आज अनि भोलि दुई दिन पर्यावरण दिवसलाई विशेष उत्साहका साथ पार्टीले विभिन्नस्तरमा कार्यक्रम आयोजना गर्ने योजना रहेको छ। यसैबीच आज बिहान सिक्किम भ्रमणमा रहेका राष्ट्रिय उपाध्यक्ष डा. एम. चुबा एओले नाम्चेबुङ निर्वाचन क्षेत्रअन्तर्गत निमटारमा पार्टीका विधायक वाईटी लेप्चाको उपस्थितिमा विरूवा रोपन अभियानमा सहभागिता जनाएका थिए। अभियानमा स्थानीय युवाहरू साथै पार्टी कार्यकर्ताहरूको पनि उपस्थिति रहेको थियो।

यसै गरी पार्टी उपाध्यक्ष अर्जुन राईको नेतृत्वमा नाम्चीस्थित आसाङथाङमा व्यापकरूपमा विरूवा रोपन साथै सफाई अभियान सञ्चालन गरिएको थियो। यस अतिरिक्त राज्यका सबै निर्वाचन क्षेत्रहरूमा स्थानीय नेतृत्वहरूको अगुवाईमा विरूवारोपण, सफाई अभियान, पानीको मुहानहरूको संरक्षण आदि कार्यक्रमहरू गरेर पर्यावरण दिवसमा आ-आफ्नो तर्फबाट योगदान दिएका छन्। पार्टीले भोलि पनि राज्यका विभिन्न स्थानमा पर्यावरण संरक्षणका कार्यक्रमहरू सञ्चालन गर्नेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement