गान्तोक: सिक्किम विधानसभाका उपाध्यक्ष साङ्गे लेप्चाले आज त्रिपुरा विधानसभामा आयोजित राष्ट्रमण्डल संसदीय संघ भारत क्षेत्र अञ्चल-३-को कार्यकारी समितिको बैठकमा सहभागिता जनाए। यस अवधि उनीसँग सिक्किम विधानसभाका सचिव, विशेष सचिव अनि उप-सचिव साथमा रहेका थिए।
अरुणाचल प्रदेश विधानसभाका अध्यक्ष एवं सीपीए जोन ३-का अध्यक्ष पासाङ डी. सोनाको अध्यक्षतामा यो बैठक सम्पन्न भयो। बैठकमा पूर्वोत्तर राज्यहरूका विधानसभा अध्यक्ष, उपाध्यक्ष अनि सचिवहरूको उपस्थिति रहेको थियो। बैठकमा छलफलपछि राष्ट्रमण्डल संसदीय संघ भारत अञ्चल ३-को आगामी २०औं बैठक मेघालय विधानसभामा आयोजन गरिने तय गरियो। त्रिपुराका मुख्यमन्त्री प्रोफेसर डा. मानिक शाह अनि विधानसभा अध्यक्ष विश्व बन्धु सेनले सबै प्रतिनिधिहरूलाई हार्दिकताको साथ स्वागत जनाएका थिए।