घरकाे एलटमेन्ट पत्र पाउने लाभार्थीहरूले मुख्यमन्त्री र उनकी धर्मपत्नीलाई धन्यवाद दिए

नाम्ची। सिक्किम शहरी गरीब आवास याेजनाअन्तर्गत घरकाे एलटमेन्ट पत्र पाउने लाभार्थीहरूले खुशी व्यक्त गर्दै मुख्यमन्त्री पीएस तामाङ र उनकी धर्मपत्नी कृष्णकुमारी राईलाई धन्यवाद दिएका छन्। यसै क्रममा नाम्ची नगर परिषदअन्तर्गत अप्पर बुमटारका लाभार्थीहरूले धन्यवाद दिएका छन्। उनले नाम्ची नगर परिषदका अध्यक्ष, उपाध्यक्ष र सम्पूर्ण पार्षदगणलाई पनि धन्यवाद दिएका छन्।

स्मरण गराइन्छ, लाभार्थीहरूले उक्त पत्र गत २२ जूनमा मुख्यमन्त्रीकी धर्मपत्नी कृष्णकुमारी राईकाे बाहुलीबाट ग्रहण गरेका थिए।

यस क्रममा लाभार्थी अनुप (गाेपाल) माेथेले एसडीएफ पार्टीकाे सम्पूर्ण क्रान्ति दिवसमा एसकेएम सरकारले वितरण गरिरहेकाे घरकाे एलटमेन्ट पत्रलाई झुटो भनेकाे कुराकाे खण्डन गरेको छन्। एसकेएम सरकारले वितरण गरिरहेको घरकाे एलटमेन्ट पत्र प्राप्त गरेर घर निर्माण गरि उद्घाटन पनि भइसकेकाे बताउँदै एसडीएफ सरकारकाे समयमा भने भाेट हत्याउनलाई मात्र एलटमेन्ट पत्र वितरण गरिएकाे उनले आरोप लगाए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *