नक्सलबारी शारदा विद्या मन्दिरद्वारा वृक्षारोपण कार्यक्रमको आयोजना

IMG-20230605-WA0431.jpg

नक्सलबारी: विश्व पर्यावरण दिवसको उपलक्ष्यमा नक्सलबारी शारदा विद्या मन्दिरको तर्फबाट वृक्षारोपण कार्यक्रमको आयोजना गरिएको थियो। नक्सलबारीको निखिल स्मृति मैदानमा आज विभिन्न प्रकारको रुखका विरुवाहरू रोपियो। यस कार्यक्रममा स्कुलका शिक्षक तथा विद्यार्थीहरू सामेल थिए स्कुलका प्रधान शिक्षक सुजीत दासले बताएअनुसार नक्सलबारी, पानीट्याङ्की र बतासीमा हरियाली बनाउने उद्देश्यले आज विश्व पर्यावरण दिवसको अवसरमा रुखका विरुवाहरू रोपिएको हो। पार्थेनियम मुक्त गरेर पर्यावरण निर्माण गर्नुपर्ने तिनले बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement