बाघडुग्रा: विश्व पर्यावरण दिवसको अवसरमा खरसाङ वन विभागको तर्फबाट वातावरण संरक्षण र हरियालीको सन्देश दिँदै साइकल रेली तथा स्वच्छता अभियानको आयोजना गरियो आज खरसाङ वन विभागको टुकरियाभार, बाघडुग्रा, घोषपुकुर, पानीघट्टा र बामनपोखरी रेञ्ज, विज्ञान मञ्च तथा विभिन्न स्कुलका विद्यार्थीहरूले साइकल रेलीमा अंश ग्रहण गरेका थिए। यसपछि मिसन लाइफको कार्यक्रम अन्तर्गत स्वच्छता अभियान चलाइयो। खरसाङ डिभीजनको एडीएफओ भूपेन विश्वकर्माले बताएअनुसार पर्यावरणको रक्षा तथा प्लास्टिक मुक्त वातावरण बनाउने उद्देश्य लिएर यस कार्यक्रमको आयोजना गरिएको हो।