पर्यावरण दिवसको अवसरमा हाम्रो नारी शक्ति समूह र रन राइटसले लगाए दुई सय विरूवाहरू

IMG-20230605-WA0396.jpg

दार्जीलिङ: विश्व पर्यावरण दिवसको अवसरमा हाम्रो पार्टीको नारी एकाई हाम्रो नारी शक्ति समूह र रन राइट्स समाजिक संस्थाले दार्जिलिङको माल रोड पसिरमा विरूवाहरू लगाएका छन्। यसै सन्दर्भमा हाम्रो पार्टीको नारी एकाई हाम्रो नारी शक्ति समूहको महासचिव बन्दना मंगरले बताए अनुसार वन विभागको सहयोगमा हाम्रो नारी शक्ति समूह र रन राइट्स समाजिक संस्थाले माल रोड परिसरमा दुई सय जति औषधीया गुण भएका रूखहरूको विरूवाहरू लगाएको जानकारी गराएका छन्। उनले भने, यसबाहेक पनि फूल अनि फूलको बिरूवाहरू पनि माल रोड परिसरहरूमा लगाउनेछौं।

दार्जीलिङ शहर वरिपरि क्षेत्रहरूमा जंगल भएको ठाउँ नै यो माल रोड परिसर हो त्यसकारण यस क्षेत्रमा हामीले रूखको विरूवाहरू लगाउनुपर्छ अनि स्वच्छ र सफा राख्नुपर्छ भन्ने महासचिव मंगरले आह्वान् गरिन्। हामीले रूखको बिरूवाहरू लगाएर त्यसको हेरचार पनि गर्नेछौं महासचिव मंगरले बताए।

आजको बिरूवा रोपन कार्यक्रममा हाम्रो नारी शक्ति समूहको पक्षबाट अध्यक्ष शोभा मोक्तान, महासचिव बन्दना मंगर, नगरपाषर्दिका प्रिया दिक्षित, नगरपार्षदिका सुष्मा लामा, नगरपार्षदिका पेमिला दोर्जी, नगरपार्षद नगरपार्षदिका, मणि लामा, दिपिका गुरूङ, रेणु प्रधान र विनिता पाण्डे आदि उपस्थित रहेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement