१२५औं वर्ष पूरा गरेको अवसरमासिक्किम पुलिसको वर्षव्यापी कार्यक्रम

गान्तोक। आफ्नो स्थापनाको १२५औं वर्ष पूरा गरेको अवसरमा सिक्किम पुलिसले वर्षव्यापी कार्यक्रम गरिरहेको छ। यसै क्रममा सिक्किम पुलिसले आगामी २६ जूनको दिन राजधानीमा एक साङ्गीतिक कार्यक्रम आयोजना गर्ने भएको छ। मानिसहरूलाई प्रतिबन्धित नशालु पदार्थको दुरुपयोगबारे जागरूक गर्ने लक्ष्य लिएर आयोजना गरिने उक्त कार्यक्रमको विषय ‘यूथ अगेन्स्ट ड्रग्स’ रहेको छ। उक्त दिन वर्ल्ड ड्रग डे पनि हो।

सिक्किम पुलिसको स्पेशियल ब्राञ्चका डीआईजी प्रवीण गुरुङले सिक्किममा गत १९ जूनदेखि थालिएको नशामुक्त अभियानको समापन २६ जूनमा गरिने जानकारी दिए। उक्त दिन राजधानीको मनन भवनमा साङगीतिक कार्यक्रम आयोजना गरिने बताए, जसमा देशका चर्चित कलाकारहरूले आफ्नो प्रस्तुति दिनेछन्। कार्यक्रमको विषय ‘यूथ अगेन्स्ट ड्रग्स’ राखिएको छ भने कार्यक्रममा मुख्यमन्त्री प्रेमसिंह तामाङको विशेष उपस्थिति रहनेछ। उनले नशालु पदार्थको दुरुपयोग रोकथाम अभियानमा जनसाधारणलाई पनि संलग्न गर्ने उद्देश्यका साथ यो पहल गरिएको बताए।

यसरी नै सिक्किम पुलिसको सीआईडीकी आईजीपी रूचिका ऋषिले नशालु पदार्थको दुरुपयोग आज देशकै निम्ति चुनौती बनेको बताइन्। उनले यसको रोकथामको लागि पुलिसले आफ्नो तर्फबाट हर सम्भव प्रयास गरिरहेको, तर सामुदायिक सहभागिता नभएसम्म यसलाई रोकथाम गर्न सम्भव नरहेको बताइन्। यस कारण सिक्किम पुलिसले यस अभियानमा समाजलाई पनि संलग्न गर्ने दिशामा काम गरिरहेको उनले जानकारी दिइन्।

सिक्किम पुलिसका डीआईजी रेन्ज टाशी डब्ल्यु. भोटियाले नशालु पदार्थको दुरुपयोग रोकथाम गर्न सिक्किम पुलिसले यसको तस्करी गर्ने र सेवन गर्नेहरू विरूद्ध कडा कारबाही शुरू गरेको बताए। यस अतिरिक्त पुलिसले युवाहरूलाई लक्ष्य गरेर जागरूकता अभियानहरू पनि गरिरहेको उनले जानकारी दिए। उनले यी जागरूकता अभियानहरूमा जन सहभागिता उत्साहजनक रहेको बताए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *