सिक्किम विधानसभाका उपाध्यक्ष सीपीए इण्डिया रिजन-३ को बैठकमा सहभागी बने

photo_2023_06_05_15_46_43-1_119

गान्तोकः सिक्किम विधानसभाका उपाध्यक्ष साङ्गे लेप्चा त्रिपुरामा आयोजित सीपीए इण्डिया रिजन-३ को कार्यकारी समितिको बैठकमा सहभागी बने। उनको साथमा सिक्किम विधानसभाका सचिव, विशेष सचिव र उप सचिव पनि बैठक सहभागी बनेका छन्। सिक्किम विधानसभा सचिवालय अनुसार, ५ जूनका दिन आयोजित बैठकको अध्यक्षता अरुणाचल प्रदेश विधानसभाका अध्यक्ष पासाङ डी. सोनाले गरेका थिए। बैठकमा पूर्वोत्तर राज्यहरूका विधानसभा अध्यक्ष, उपाध्यक्ष र सचिवहरू सहभागी बनेका थिए।

बैठकमा २०औं सीपीए इण्डिया रिजन-३ को बैठक मेघालयमा आयोजन गर्ने निर्णय लिइयो। प्रतिनिधिहरूलाई त्रिपुराका मुख्यमन्त्री प्रो. डा. मनिक शाह र त्रिपुरा विधानसभाका अध्यक्ष विश्व बन्धु सेनले स्वागत जनाएका थिए।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement