अब हुने वार्ताले आश्वासन होइन खसी छिनिए झैं मुद्दा छिनिएको हुनुपर्छ: अजय एडवाडर्स

Screenshot_20230605_210933_WhatsApp.jpg

दार्जीलिङ: अबको वार्ताले आश्वासन होइन खसी छिनिए झैं मुद्दा छिनिएको हुनुपर्छ भनी हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले बताएका छन्। हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले अहिले पहाडको कुना काप्चाहरूको भ्रमण गर्दै आईरहेका छन्। यसै क्रममा आज उनी गोरूबथान पुगेका थिए।अध्यक्ष एडवाडर्ससँग पार्टी केन्द्रीय महासचिव फुर्तेम्बा भोटिया लगायत अन्य शीर्षस्थ नेतृत्वहरू सामेल थिए। यसै अवधि अध्यक्ष अजय एडवाडर्सले भने, ‘गोर्खाहरूको मुद्दामाथि केन्द्रको भाजपा सरकार गम्भीर छ छैन त्यो मलाई थाहा छैन। तर अब हुने वार्तामा आश्वासन होइन खसी छिनिए झैं मुद्दा छिनिएको हुनुपर्छ। पहाड तराई डुवर्सको दीर्घकालीन समस्याहरूको समाधान हेतु त्रिपक्षीय वार्ता हुन्छ भन्दैछ तर वार्तामा हामीलाई निम्ताएको छैन।’
वार्तामा निम्ताएकाहरू सबैले अंश ग्रहण गर्नुपर्छ भन्दै अध्यक्ष एडवाडर्सले वार्तामा अंश ग्रहण गर्नेहरूलाई बधाई दिएका छन्। उनले अघि भने, वार्तामा अंश ग्रहण गर्नेहरूले स्थानीय समाचार पत्रहरूमा फोटो खिँचाएर वार्ता राम्रो भयो। अब अर्को वार्ता हुनेछ भन्ने जस्ता विषयहरू अब भन्नु पाइने छैन।विगतका दिनहरूमा पनि धेरैवटा वार्ताहरू भए अनि ती वार्तापछि दीपावालीपछि अर्को दोस्रो वार्ता हुनेछ भन्ने जस्ता अधिकारिक सूचना समेत जारी भएको थियो। तर आजसम्म अर्को वार्ता भएको छैन। उनले अझ भने, हामीले भाजपालाई धेरै सहयोग गरौं। अब चाहिं भाजपाले गोर्खाको आशा आकांक्षाहरू पूरा गरिदिनुपर्छ भन्दै आईरहेको छ। त्यसकारण अब हुने वार्तामा जो जो जान्छ उनीहरूले खसी छिनाए झैं मुद्दा छिनाएको हुनुपर्छ। केन्द्रमा रहेको भाजपा सरकारको पाँच सालको कार्यकाल पूरा हुन अब केवल आठ महिना बाँकी छ। त्यसकारण अब पनि नभए फेरि हुन्छ भन्नु गलत हुनेछ। विगत १५ वर्षदेखि अब भईहाल्छ अरे। हुँदैछ अरे भन्ने हामीले सुन्दै आईरहेका छौं। तर अब त्यस्तो आश्वसनले हुँदैन।’
पार्टी अध्यक्ष अजय एडवर्डले सांसद राजू विष्ट विषयमा बोल्दै भने, सांसद विष्टलाई मेरो व्यक्तिगत रूपमा भन्नु केही छैन। विष्टसँग मेरो व्क्तिगत सम्बन्ध छ। तर सांसद राजु विष्टले पनि छुट्टै राज्य गोर्खाल्याण्डकै मुद्दामा उनी सांसद निर्वाचित भएको हो। त्यसकारण अब भईहाल्छ। हुँदैछ आदि जस्ता शब्द होइन खसी छिनिए झैं मुद्दा छिनिएको हुनुपर्छ।’

About Author

Advertisement