क्रामाकपा कालेबुङ आञ्चलिक समिति गठन

IMG-20230605-WA0389.jpg

कालेबुङ: आज कालेबुङको स्थानीय पार्टी कार्यालयमा क्रामाकपाको एउटा बैठक सम्पन्न भएको छ। उक्त सभा कालेबुङ आञ्चालिक कमिटीको सदस्य शंकर प्रधानको सभापतित्वमा सम्पन्न भएको थियो भने सभालाई पार्टी केन्द्रीय सदस्य मोहन पौडेलले सञ्चालन गरेका थिए। सभालाई क्रामाकपा केन्द्रीय महासचिव नर्बु लामा,केन्द्रीय प्रवक्ता अरूण घतानी, क्रामाकपा कालेबुङ आञ्चलिक समितिका नेतृत्वहरू क्रमैले जीतमान राई, गोपाल योञ्जन, सुधन प्रधान, आनन्द घतानी, जीतराज राई आदिले सभालाई सम्बोधन गरेका थिए।

यसै बैठकमा क्रामाकपाको कालेबुङ आञ्चालिक समिति विघटन गरेर नयाँ समिति गठन गरियो। जसमा अध्यक्षको रूपमा मोहन पौडेल, उपाध्यक्ष गोपाल योञ्जन, मूलसचिव सुधन प्रदान, सहसचिव आनन्द घतानीलाई चयन गरिएको छ भने कालेबुङ शहर जोनल समिति प्रभारीको रुपमा शंकर प्रधान, गोरुबथान जोनल प्रभारी जीतराज राई, ब्लक-१ हाइवेको आनन्द घतानी लगायत १५ जनाको कार्यकारी सदस्यहलाई चयन गरिएको छ। सभामा क्रामाकपा केन्द्रीय सहसचिव शेखर छेत्रीको पनि उपस्थिति रहेको जानकारी मिडिया प्रभारी अर्पण राईले दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement