गान्तोकः गान्तोक जिल्लाको एसकेएम नारीशक्तिको एक समन्वय सभा आज राजधानीस्थित एसकेएम पार्टी मुख्यालयमा सम्पन्न भयो। राज्यस्तरीय नारीशक्तिकी संयोजिका गंगा प्रसाईँको उपस्थितिमा सम्पन्न भएको सभामा आगामी दिनमा पालन गरिने पार्टीको विभिन्न प्रकारको गतिविधिबारे चर्चा परिचर्चा भयो।
विशेष गरेर आगामी दिनमा वार्डस्तरीय पार्टीको सभा आयोजना गरिने आजको यस सभामा निर्णय लिएको छ। सोही प्रकारले आगामी १० जूनदेखि ६ वटा जिल्लामा घर दैलो कार्यक्रम शुरू गरिने जानकारी गराएको छ। पार्टीलाई ग्रामीण साथै तृणमूलस्तरदेखि नै मजबुत बनाएर लैजान उद्देश्यले घर दैलौ कार्यक्रम शुरू गरिने पार्टीकी राज्यस्तरीय संयोजिका गंगा प्रसाईँले जानकारी गराएकी छन्।
-हिस