किराँत भवनको शिलान्यास कार्यक्रम सम्पन्न

e52584ba-e8fa-4ff9-aaef-8db668fa5bd1

दलसिंहपाडाः डुवर्स किराँत राई समाज संस्कृति साहित्य समितिको पहलमा दलसिंहपाडा डिगवीर लाइनस्थित केन्द्रीय कार्यालय परिसरमा किराँत भवनको विधिवत शिलान्यास भवन निर्माण समितिका अध्यक्ष जुगेस राई तथा केन्द्रीय समितिका अध्यक्ष जेठा राईको कर कमलद्वारा सम्पन्न गरे। केन्द्रीय समितिका माङ्पा रञ्जित राई दुमि (दलसिंहपाडा) र माङ्पा दुर्गा राई (आच्छापाडा) ले विधिवत किराँत मुन्धुम बखान्दै भूमि पुजन गरेपछि किराँत भवनको शिलान्यास गरे । यस भवन निर्माण डुवर्स किराँत राई समाज संस्कृति साहित्य समितिको एउटा ठूलो सपना हो जुन सपना अब चाँडै नै पुरा हुने निश्चित रहेको र सम्पुर्ण डुवर्सेली किराँतीहरूलाई एकचित्त भइ लागी पर्न आह्वान केन्द्रीय समितिका महासचिव प्रशान्त थुलुङले । भवन निर्माण समिति अध्यक्ष जुगेस राईले यस किराँत भवन चाँडै नै निर्माण हुने कुरामा प्रतिबद्धता जाहेर गरे।

यस भवन निर्माण गर्नुमा कुनै प्रकारको बाहिरबाट फन्ड नआएको र सम्पूर्ण डुवर्सेली किराँतीहरूबाट नै गर्ने योजना रहेको र दुई तलाको भवन रहेको अनि यसको निर्माण खर्च लगभग २० लाखदेखि ३० लाखसम्म रहेको योजना भवन निर्माण समितिका महासचिव दुर्गा थुलुङले जनाए। यस शिलान्यास कार्यक्रममा केन्द्रीय समितिका अध्यक्ष जेठा राई, महासचिव प्रशान्त थुलुङ, संस्कृति सचिव गङगाबहादुर राई, भवन निर्माण समितिका अध्यक्ष जुगेस राई, सचिव दुर्गा थुलुङ, कोषाध्यक्ष नरेश राई, सन्तोष राई, महेश राई, प्रेम चन्द्र राई, बाबुल राई, साहित्य प्रकोष्टका प्रमुख कमल थुलुङ आदिको गरिमामय उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement