मेचपाड़ामा इनभोल्भ संस्थाद्वारा विश्व पर्यावरण दिवस पालन

042ed6c0-2edf-4302-80b7-b4d04acc0880

कालचिनीः इन्भोल्भ नामक स्वेच्छासेवी संस्थाको आयोजनामा सोमबार किशोर अवस्थाका केटा केटीहरूलाई समेटेर प्लास्टिकमुक्त परिवेश बनाऔँ भन्ने नारा सहितको सचेतना कार्यक्रम सम्पन्न भएको जानकारी सो संस्थाका स्वयंसेवक मीरा तामाङ प्रधान र खुसी खवासले दिएकी छन्।
चुवापाड़ा ग्राम पञ्चायत अन्तर्गत पर्ने मेचपाड़ा ८ नम्बर चियाबार गाउँको गुम्बा परिसर लगायत अन्यान्य ठाउँहरूमा सरसफाई साथै छाँयादार फल र फूलको वृक्षारोपण गरिएको थियो भने इन्भोल्भ नामक स्वेच्छासेवी संस्थाले यस अघि पनि धेरै स्वास्थ्य सचेतना कार्यक्रम साथै सामुदायिक कल्याणको कार्यक्रम गर्दै आईरहेको संस्थाको पक्षबाट मीरा तामाङ प्रधानले जनाएकी छन्।
आगामी दिनमा अन्य सामुदायिक तथा किशोर किशोरीको स्वास्थ्य सचेतना शिविर कार्यक्रमहरू गरिने मीरा तामाङ प्रधानले थप जनाएकी छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement