के-लीगः सुजल मुण्डाको ह्याट्रिकले जर्जियन एफसी ५-१-ले विजयी

photocollage_202365192759260.jpg

५ जूनः फूटबल एसोसिएशन अव् कालेबुङ डिस्ट्रिक्टको तत्त्वावधानमा आयोजित प्रतिष्ठित के-लीग सुपर डीविजन फूटबल प्रतियोगितामा जर्जियन एफसी-ले एकतर्फी जीत दर्ता गऱ्यो। स्थानीय मेला ग्राउण्डमा सोमवार खेलिएको एकतर्फी म्याचमा जर्जियन एफसी-ले सेसोनिअन्स एफसी-लाई ५-१-ले पिट्यो। ग्रुप ए-को यस म्याचमा विजेता टीमबाट सुजल मुण्डाले ह्याट्रिक गरे। उनले म्याचको ७०औं, ८०औं र ८९औं मिनटमा गोल गरे। यसबाहेक प्रबीण सुब्बाले ४४औं र कुञ्जमान थापाले ४७औं मिनटमा १-१ गोल गरे। सेसोनिअन्स एफसी-बाट शिवम खड़काले २७औं मिनटमा गोल गरे। सुजल मुण्डालाई प्लेयर अव् द म्याच चयन गरियो। आयोजकहरूले जानकारी दिएअनुसार, के-लीग-को यस सीजनमा जम्मा १० वटा टीमले हिस्सा लिएको छ। यसमा कालेबुङ जिल्ला पुलिस, सेसोनिअन्स एफसी, नादोङ भूटिया एफए, गोरुबथान एफसी, सुबोथ एफए (मंगपंग), शेयर एफसी, जर्जियन एफसी, युनाइटेड ब्रदर्स, बोंग एफसी र हिमालश्री एथलेटिक क्लब सामेल छ। यी टीमहरूलाई दुईवटा ग्रुपमा बाँड़िएको छ। लीगको फाइनल ११ जूनमा खेलिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement