कोविड़ भारत: कोरोनाको १२४ नयाँ मामिला, २ जनाको मृत्यु

IMG-20230530-WA0285.jpg

नयाँ दिल्ली: केन्द्रीय स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार गत २४ घण्टमा देशभरि कोरोनाको १२४ नयाँ मामिला अघि आएको छ। यसको साथै देशमा अहिलेसम्म मोठ कोरोना सङ्क्रमितको संख्या बढ़ेर अब ४,४९,९१,८८० पुगेकाे छ। विगत २४ घण्टामा १ नायाँ र केरलाले मिलापत्र गरेको १ जना कुल २ जनाको मृत्यु दर्ता भएको छ। यससगैं हालसम्म कोरोनाले मृत्यु हुनेको कुल संख्या ५,३१,८८४ पुगेको छ। यसरी नै यस अवधिमा ३१४ जना कोरोनामुक्त भएर सामान्य जीवनमा फर्किएका छन्। अहिलेसम्म ४,४४,५६,९९५ जना कोरोनाबाट स्वास्थ्य भइसकेका छन्। हाल देशमा कोरोनाबाट निको हुने दर ९८.८१% रहेको छ।

हाल देशमा कोरोनाको सक्रिय मामिलाको संख्या घटेर ३,००१ रहेको छ।

भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद (आई.सी.एम.आर) ले दिएको जानकारीअनुसार गत २४ घण्टमा, देशभरी ८७,९३७ जनाको कोरोना परीक्षणको साथ हालसम्म कुल ९३,०९,२६,५०६ जनको परीक्षण भइसकेको छ। यसरी नै २४ घण्टमा ६१५ जनाले कोरोना खोप लगाउनको साथ कुल २२०,६७,१३,८६६ जनाले यो खोप लगाइसकेको छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement