खरसाङ: विश्व पर्यावरण दिवसको उपलक्ष्यमा सूर्य फाउण्डेसनद्वारा भारतका १८ वटा राज्यहरूका छ सय केन्द्रहरूमा पार्यवरण दिवस छुट्टै एंव विशेष ढंगमा मनाईएको छ। प्लास्टिक एवं प्लास्टिकको बोतल संग्रह गरी जनसाधरणमा जागरूकता फैलाउनको निम्ति ईको ब्रीक निमार्ण गरेका छन्। जसको मूल उद्देश्य गाउँ समाजमा जताभावी फ्याँकिएको प्लास्टिक जन्य समाग्रीहरू संग्रह गरी जनमानसको उपयोगी सामाग्रीहरू अर्थात् ईको ब्रिक (eco brick) बनाउनु रहेको छ।
सोही अनुरूप तीनधारे महानदी समष्टि अन्तगर्त पर्ने तीनवटा केन्द्रहरू तीनधारे बजार, तीन्धारे चिया बगान साथै बाघमारा बस्तीको बाल संस्कार केन्द्रको संयुक्त आयोजनामा प्लास्टिकका चीजहरू प्लास्टिक बोतलमा भरेर ईको ब्रिक स्वरूप टेबलको निर्माण गरिएको छ।

उक्त कार्यक्रममा बोल्दै खरसाङका क्षेत्र प्रमुख मणिकमल दाहालले प्लास्टिकमुक्त परिवेशको लागि एक कदम अनि नाराका साथ सूर्या फाउण्डेसनले देशव्यापी रूपमा पार्यवरण दिवस मनाई रहेको बताएको छ। जसको मूल उद्देश्य गाउँ समाजमा छरिएको प्लास्टिक जन्य सामानहरूको ईको ब्रिक बनाई पार्यवरण प्रदुषणको खतरालाई रोक्न साथै पार्यवरण बचाउनु रहेको छ भनी योगेन्द्र छेत्रीले जानकारी गराएका छन्।










