बंगालमा अझ् एक बम विस्फोट, बालकको मृत्यु

00-1-Rajya-Samachar

कोलकाताः पश्चिम बंगालमा एक पल्ट फेरि बम ब्लास्ट भएको छ, जसमा एक बालकको ज्यान गएको छ। घटना उत्तर २४ परगनाको बनगाउँको हो। सोमवार बिहान यस दुर्घटनाको चपेटमा पर्दा १० वर्षीय बालकको मृत्यु भयो। बालक बिहान शौचको निम्ति गएको थियो। बम शौचालयभित्र राखिएको आशंका व्यक्त गरिएको छ। विस्फोटपछि बालकलाई अस्पताल लगियो। तर त्यहाँ उसलाई मृत घोषित गरियो। बख्शी पल्ली निवासी मृतकको नाम राजू रोय बताइएको छ। राज्यमा गत मईदेखि लगातार विस्फोटका घटनाहरू भइरहेका छन्। एगरा, बजबज, इङ्गलिस बजार जस्ता क्षेत्रहरूमा पटेका फ्याक्ट्रीहरूमा भएको विस्फोटमा धेरैको ज्यान गइसकेको छ। अवैध रूपमा राखिएका बमहरू विस्फोट हुँदा धेरै पल्ट दुर्घटनाहरू भएको छ।

राजूका पिताले भने, विस्फोटपछि शौचालयभित्र गएर हेर्दा चारैतिर रगतै रगत थियो। शौचालय भत्किएको थियो। राजूका पिताले घटनाको जाँचको माग गर्दै भने, यस प्रकारको घटनामा कहिले पनि एक व्यक्ति सामेल हुँदैन। हामीलाई न्याय चाहियो। म जान्न चाहन्छु, यस घटनाको पछाड़ी कसको हात छ। यसबीच बनगाउँमा बख्शी पल्लीमा भएको विस्फोटलाई लिएऱ राजनीतिक बयानबाजी शुरू भएको छ। बनगाउँ उत्तरका भाजपा विधायक अशोक कीर्तनियाले भने, पूरा पश्चिम बंगाल बारूदको थुप्रोमा खड़ा छ। बनगाउँ यसको एक हिस्सा हो। यसअघि आम चुनाउमा बनगाउँका सबै बूथहरूमा बम राखिएको हामीले देखेका छौं। पुलिसले आजसम्म केहीपनि गर्नसकेन।

अर्कोतिर, बनगाउँका तृणमूल नेता गोपाल सेठले भने, यस क्षेत्रका भाजपा विधायकले खुल्लारूपमा तोड़फोड़की धमकी दिए। उनी विरूद्ध ड्रग्ससित सम्बन्धित आरोप पनि छ। हामी यस घटनाको उच्च स्तरीय जाँच होस् भन्ने चाहन्छौं। बनगाउँ एसडीपीओ अर्क पान्जाले उनले सोमवार घटनाको जाँच शुरू गरेको बताए।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement