सिलगढीको ४६ नम्बर वार्डबाट ५ फुट लामो अजिङ्गर उद्धार

IMG-20230528-WA0320.jpg

सिलगढी: सिलगढी नगरनिगमको ४६ नम्बर वार्ड अन्तर्गत समर नगर दक्षिण पलास इलाकामा ५ फुट लामो अजिङ्गर उद्धार भएको छ। जानकारी अनुसार हिजो समर नगर दक्षिण पलास इलाकाको सडकमा स्थानीय मानिसहरूले एउटा अजिङ्गर देखेपछि यसलाई हेर्न आउने मानिसहरू भीड जम्यो। स्थानीय मानिसहरूले घटनाबारे सुकुना वन विभाग तथा साँप रेसक्यू गर्नेलाई जानकारी दिए। घटनाको खबर पाएर साँप रेसक्यू गर्ने रवि राय घटनास्थलमा पुगेर उक्त अजिङ्गर उद्धार गरेर सुकुना वन विभागलाई सुम्पिदिएपछि वन विभागले उक्त अजिङ्गरलाई सुकुनाको जङ्गलमा छोडिदिएको बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement