तूफानगञ्जमा तृणमूल- सीपीआईएमबीच झडप

IMG-20230605-WA0314.jpg

कुचबिहारः तृणमूल र माकपाबीच भएको झडपको घटनामा दुवै पक्षका छ जना घाइते भएका छन्। यो घटना गत राति तूफानगञ्ज बालाभुत ग्राम पञ्चायत अन्तर्गत दक्षिण बालाभूत इलाकामा घटेको हो। प्राप्त जानकारी अनुसार हिजो सीपीआईएमले बालाभुत ग्राम पञ्चायतमा एउटा बैठकको आयोजना गर्यो। बैठकपछि स्थानीय तृणमूल नेता तथा कार्यकर्ताहरूले इलाकामा एउटा र्याली निकाल्यो। कथित रूपमा उक्त रेलीबाट सीपीआईएम कार्यकर्ताहरूको घरहरूमा ईंटा तथा ढुङ्गा फ्याँकेपछि दुवै पक्षबीच झडप भएको बताइएको छ। यस घटनामा माकपा र तृणमूलका ६ जना कार्यकर्ता घाइते भएपछि तिनीहरूलाई उद्धार गरेर तूफानगञ्ज महकुमा अस्पतालमा भर्ना गरेपछि हाल उपचाराधीन अवस्थामा छन्। घटनाको जानकारी पाएर राति नै तूफानगञ्ज थानाको विशाल पुलिस वाहिनी घटनास्थलमा पुगेर दुवै पक्षका कार्यकर्ता तथा समर्थकहरूलाई हिरासतमा लिएको बताइएको छ। यस सम्बन्धमा बालाभुत ग्राम पञ्चायतको तृणमूल क्षेत्रीय अध्यक्ष अल्ताफ बेपारीले भने, माकपा कार्यकर्ताहरूले तृणमूलका कार्यकर्ताहरूमाथि हमला गरेको हो। घटनामा तीनजना कार्यकर्ताहरू घाइते भएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement