सभासद फण्डबाट घैयाबारीको लोवर गैरी गाउँस्थित मन्दिरको छाना निर्माण गरिने

IMG-20230605-WA0344.jpg

खरसाङ: तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्रीले आफ्नो सभासद फण्डबाट घैयाबारीको लोवर गैरी गाउँस्थित उदय संघको माँ भगवती मन्दिरको छाना बनाईदिने भएको छ। उक्त कार्यको लागि आज पूजा अर्चना गरी शिलान्यास गरिएको छ। सभासद नवराज छेत्रीले आफ्नो सभासद फण्डबाट पहिलो कार्यको शुरुवात यहाँबाट गरेका छन् भने उनले तीनधारे महानदी समष्टिको चारवटै ग्राम पञ्चायतहरूमा पर्ने २२ वटै बुथहरुमा सभासद फण्डबाट विकासका कार्यहरू गर्ने भएको छ।

आज घैयाबारीको लोवर गैरी गाउँस्थित माँ भगवती मन्दिरमा छाना निर्माण गरिने भएको छ। यस अवसरमा सभासद नवराज छेत्रीसितै भागोप्रमो तीनधारे महानदी समष्टिको सभापति राजीव थापा, युवा शक्ति तीनधारे महानदी समष्टिको सभापति केवल राई लगायत अन्यहरू उपस्थित रहेका थिए। उक्त मन्दिरको छाना निर्माणको लागि पूजा अर्चना गर्दै शिलान्यास गरेपछि पत्रकारहरूसित कुराकानी गर्दै सभासद नवराज छेत्रीले सभासद फण्डबाट गरिने कार्यको सुरुवात घैयाबारीको लोवर गैरी गाउँस्थित माँ भगवती मन्दिरबाट गरिएको छ भनी बताएका छन्।

उनले आज स्थानीय ग्रामवासीहरूका उपस्थितिमा पूजा अर्चना गरेर शिलान्यास गरिएको छ भन्दै अब तीनधारे महानदी समष्टिको सबै २२ वटै बुथहरुमा सभासद फण्डबाट कार्यहरू गरिने भएको जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement