कुचबिहार: कुचबिहारमा भारत-बंगलादेश सीमाबाट घुसपैठको क्रममा बीएसएफको गोली लागेर एक बंगलादेशी युवाको मृत्यु भएको छ। घटना भारत-बंगलादेश सीमामा जमलदाह ग्राम पञ्चायतको मेखलीगञ्ज ब्लकको सरकार पारा क्षेत्राको हो। घटनालाई लिएर सम्पूर्ण क्षेत्रमा सनसनी फैलिएको छ। स्थानीय स्रोतका अनुसार बंगलादेशतर्फबाट अवैध रूपमा भारत प्रवेश गर्नका लागि भारत–बंगलादेश सीमामा रहेको काँडेतार पार गर्न खोज्दा बीएसएफले गोली चलाएको थिए। सोही गोली लागेर युवकको मृत्यु भएको छ। घटनाको जानकारी पाएर मेख्लीगञ्ज पुलिस घटनास्थलमा पुगेका छन्।