ममता रेल मन्त्री रहँदा सबैभन्दा अधिक दुर्घटनाहरू भयोः दिलीप घोष

00-1-Rajya-Samachar

कोलकाताः ओडिशा ट्रेन दुर्घटनालाई लिएर मुख्यमन्त्री ममता ब्यानर्जीले रक्षा कवचको कमी र रेलवेको लापरवाहीलाई जिम्मेवार ठहर गरेकी छन्। सोमवार भाजपाका राष्ट्रिय उपाध्यक्ष दिलीप घोषले यसलाई लिएर ब्यानर्जीमाथि तीखो हमला गरेका छन्। उनले दाबी गरे, ममता ब्यानर्जी जब रेलमन्त्री थिइन् तब सबैभन्दा धेरै ५५० भन्दा धेरै दुर्घटनाहरू भयो। लगभग ८५० डिटेलमेन्टका घटनाहरू भयो, १४०० जनाको ज्यान गयो। जब ममता रेलमन्त्री थिइन् तब उनले किन पूरा रेलवेमा रक्षा कवच सिस्टम लगाइनन् ? जब उनकै पार्टीबाट रेलमन्त्री रहेका दिनेश त्रिवेदीले रेलवेलाई अत्याधुनिक गर्ने प्रयास गरे तब ममताले उनलाई रेलमन्त्रीको पदबाट हटाइन्। ममता रेलमन्त्री रहँदा रेलवे भर्तीमा तमाम भ्रष्टाचारहरू भयो। ममताको काम केवल ठूला-ठूला कुरा गरी मानिसहरूलाई भ्रमित पार्नु हो।

दिलीपले भने, एउटा ठूलो घटना भएको छ र यस्तो घटना पुनः नघटोस् यसको निम्ति सीबीआई जाँचको निर्देश दिइएको छ। नरेन्द्र मोदी शासनमा रेलवेको चौतर्फी विकास भयो र सबैभन्दा कम दुर्घटनाहरू भएको छ।

-हिस

About Author

Advertisement