ओडिशाः दुर्घटना स्थल भएर ५१ घण्टापछि चल्यो पहिलो ट्रेन

00-1-Rajya-Samachar

कोलकाता/भुवनेश्वरः ओडिशाको बालासोर छेउ जहॉं भयावह रेल दुर्घटना भएको थियो, त्यो मार्ग भएर ५१ घण्टापछि अन्ततः ट्रेल चल्यो। सोमवार बिहान दक्षिण पूर्व रेलवेद्वारा जारी बयान अनुसार, राति लगभग १०ः४० बजी पहिलो ट्रेन यहॉंबाट प्रस्थान भयो। दुर्घटना भएदेखि रेल मन्त्री अश्विनी वैष्णव घटना स्थलमा उपस्थित छन्। दुर्घटनापछि मालगाडी विशाखापट्टनमदेखि राउरकेला इस्पात संयंत्रको निम्ति प्रस्थान भयो। ट्रेन त्यही रेल लाइनमा चलाइयो जहॉं शुक्रवार सॉंझ सात बजी दुर्घटना भएको थियो। यसको एउटा भिडियो पनि आएको छ। जसमा ट्रेन चलिरहॅंदा रेल मन्त्रीलाई हात होडेर प्रार्थना गरिरहेको देखिन्छ।

रेल मन्त्री वैष्णवले स्वयं आफ्नो ट्विटर अकाउण्डमा यससित सम्बन्धित भिडियो साझा गरेका छन्। ट्रेन प्रस्थान हुॅंदा भारत माताकी जय र वन्देमातरम्को नारा लगाउॅंदै मानिसहरूलाई धन्यवाद दिइरहेको देख्न सकिन्छ। उनले लेखेका छन्, ‘क्षतिग्रस्त डाउनलाइन पूर्ण रूपमा ठीक भएको छ। खण्डमा पहिलो ट्रेन चल्यो।’ उनले अप लाइन पनि ट्रेनको आवागमन शुरू भएको जानकारी दिएका छन्। उल्लेखनीय छ, रेल दुर्घटनामा अहिलेसम्म २७५ जनाको मृत्यु भइसकेको छ भने लगभग ८०० जना घाइते भएका छन्।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement