उत्तर दिनाजपुर: रेलवेले रायगञ्ज रेलवे स्टेशनको प्लेटफर्म नम्बर २ छेउमा रहेका सबै दाेकान हटाएकाे छ। सोमबार रेलवे पुलिस र रेलवे अधिकारीहरूको उपस्थितिमा यी दाेकानहरू हटाइयो। यी सब दाेकानहरू रेलवेको जग्गामा थिए। स्रोतआनुसार रेलवेको विकासका कामका लागि यी दाेकानहरू हटाउनुपरेकाे हाे। अर्कोतर्फ रेलको यो निर्णयले दाेकानदारहरु निकै समस्यामा परेका छन्। दाेकानहरूले रेलवेसँग स्थायी पुनर्स्थापनाको माग गरेका छन् अन्यथा आगामी दिनमा ठूलाे आन्दोलन गर्ने चेतावनी दिएका छन्।