खरसाङ: खरसाङ महकुमा अन्तर्गत घैयाबारीको ब्लु डाईमण्ड अंग्रेजी स्कूलमा विश्व पर्यावरण दिवस पालन गर्दै विद्यार्थीहरूलाई लिएर बस अनि चित्र बनाऊ प्रतियोगिता साथै रेल कार्ड बनाऊ प्रतियोगिता सम्पन्न भएको छ। ब्लु डाईमण्ड अंग्रेजी स्कूलले विश्व पर्यावरण दिवसको अवसरमा बिहानको एसेम्बलीमा नै पाँचौंदेखि दशौं श्रेणीसम्मको विद्यार्थीहरूलाई लिएर पर्यावरण दिवस विषयमा प्ल कार्ड बनाऊ प्रतियोगिता सम्पन्न भएको छ। यसको साथै पहिलादेखि चौथो श्रेणीसम्मको विद्यार्थीहरूलाई लिएर पर्यावरण विषयमा बस अनि चित्र बनाऊ प्रतियोगिता सम्पन्न भएको छ। त्यसपछि स्कूलका सबै विद्यार्थीहरूलाई लिएर पर्यावरण सचेतनाको लागि रैलीको आयोजना गरिएको छ। उक्त रैली घैयाबारीमा स्कूल परिसरबाट शुरु भएर एनएच ५५ हुँदै घौयाबारी ग्राम पञ्चायत तीनको कार्यालयसम्म पुगेर पुन: स्कूलमा नै आएर समाप्त भएको छ। स्कूल परिसरमा आएर विद्यार्थीहरूले स्कूल वरिपरि सर सफाई गरेका थिए।

यस अवसरमा विद्यार्थीहरूलाई शिक्षक सन्तोष लामाले पर्यावरण दिवस विषयमा जानकारी गराउँदै सचेतना गराएका थिए भने स्कूलकी प्राचार्य मार्थारानी राईले पनि विश्व पर्यावरण दिवस विषयमा जानकारी गराएका थिए। पर्यावरण दिवसको अवसरमा ब्लु डाईमण्ड अंग्रेजी स्कूलमा पहिलादेखि चौथो श्रेणीसम्मको विद्यार्थीहरूलाई लिएर सम्पन्न बस अनि चित्र बनाऊ प्रतियोगितामा प्रथम तेस्रो श्रेणीकी विद्यार्थी सौम्य राई, दोस्रो तेस्रो श्रेणीकै विद्यार्थी रिञ्छेन तामाङ, तेस्रो चौथो श्रेणीकी विद्यार्थी दिव्यानी तामाङ र चौथो तेस्रो श्रेणीकी विद्यार्थी आकृति सुनार भएका छन्। त्यसरी नै पाँचौं श्रेणीदेखि दशौं श्रेणीसम्मको विद्यार्थीहरूलाई लिएर सम्पन्न प्लकार्ड प्रतियोगितामा प्रथम दशौं श्रेणीकी विद्यार्थी योगिता राई, दोस्रो दशौं श्रेणीकै विद्यार्थी अन्वेषणा तामाङ, तेस्रो सातौं श्रेणीकी विद्यार्थी रिश्ता गजमेर र चौथो नवौं श्रेणीकी विद्यार्थी भवेस लामा भएका छन्।

उक्त प्रतियोगिताहरूमा बिजयी भएका विद्यार्थीहरूलाई ब्लु डाईमण्ड स्कूलको निर्देशक बीबी थापा, प्रबन्धक लिला थापा, प्राचार्य मार्थारानी राई आदिको बाहुलीबाट पारितोषिकहरू वितरण गरिएको छ जानकारी स्कूलका शिक्षक सन्तोष लामाले जानकारी गराएका छन्।