सिलगढी: भारतीय जनता पार्टी र बिहार राज्यसभा सांसद सुशील कुमार मोदीले आज उत्तर बंगाल मेडिकल कलेज र अस्पताल परिसरमा अवस्थित “सुपर स्पेशलिटी ब्लक” को भ्रमण गरे। भ्रमणपछि उनले ‘भारत सरकारले बंगालका तीन ठाउँमा चाडै सुपर स्पेशलिटी अस्पताल खोल्ने’ बताए। गत चार वर्षमा मालदा र बांकुरामा सुपर स्पेशलिटी अस्पतालहरू स्थापना गरिएका छ। अब भारत सरकारले डिसेम्बरसम्म उत्तर बङ्गाल मेडिकल कलेजमा सुपर स्पेशलिटी ब्लक खोल्ने आश्वासन दिएका उनले बताए। उनले भने कि सुपर स्पेशलिटी ब्लक उत्तर बङ्गाल मेडिकल कलेज र अस्पतालको आन्तरिक विभाग डिसेम्बरसम्म पूर्ण रूपमा सञ्चालन हुनेछ।