मुम्बई: बीआर चोपडाको टीभी सिरियल ‘महाभारत’ (१९८७) मा शकुनीको भूमिकादेखि सर्वाधिक चर्चामा आएका अभिनेता गुफी पेन्टलको निधन भएको छ। उनले आज अर्थात सोमबार उनले ७८ वर्षको उमेरमा अन्तिम सास लिए। उनी विगत केही दिनदेखि बिरामी थिए। पहिले उनलाई फरीदाबादको अस्पतालमा भर्ना गरिएको थियो, पछि उनको अवस्था बिग्रिएपछि उनलाई मुम्बई सारिएको थियो, जहाँ उनी आईसीयूमा थिए। उमेर सम्बन्धी स्वास्थ्य समस्या र हृदयघातका कारण उनको निधन भएको बताइएको छ। उनको पार्थिव शरीरलाई आज अपराह्न ४ बजे अन्तिम संस्कार गरिनेछ। गुफी पेन्टलको निधनले सबैलाई शोकमा डुबाएको छ। चर्चित सेलिब्रेटीहरुले सामाजिक सञ्जालमा दुःख व्यक्त गरिरहेका छन्। गुफी पेन्टलका भतिजा हितेन पेन्टलले भने, ‘दुर्भाग्यवश उनी रहेनन्l’ अस्पतालमा करिब ९ बजे उनको निधन भएको हो।