खरसाङ: खरसाङ महकुमा अन्तर्गत तीनधारेको श्रीगणेश सहकारी समितिको आयोजनामा विश्व पर्यावरण दिवस पालन गरिएको छ। यस अवसरमा मुख्य अतिथिको रुपमा तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्री विशेष रूपमा उपस्थित रहेका थिए। विश्व पर्यावरण दिवसको अवसरमा श्रीगणेश सहकारी समितिको अध्यक्ष बिनयकुमार छेत्रीको अगुवाईमा तीनधारेको चिल्ड्रेन पार्कमा तीनधारे क्षेत्रका स्वनिर्भर दलहरूलाई लिएर बिरुवा रोपनको कार्य सम्पन्न गरिएको छ। उक्त बिरूवा रोपनको कार्यलाई तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्रीको बाहुलीबाट शुरुवात गरिएको थियो। उनले शुरुमा बिरूवा रोपनको कार्य सम्पन्न गरेर अरूद्वारा पनि बिरुवा रोपनको कार्य सम्पन्न गरिएको थियो। विश्व पर्यावरण दिवसको यसपालीको थीम प्लास्टिकमुक्त परिवेश अनुसार तीनधारेको चिल्ड्रेन पार्क परिसरमा सर सफाई साथै बिरूवाहरूका हेरचाह पनि गरिएको थियो। यस विषयमा पत्रकारहरूसित कुराकानी गर्दै श्रीगणेश सहकारी समितिको अध्यक्ष बिनयकुमार छेत्रीले विश्व पर्यावरण दिवसको अवसरमा तीनधारे क्षेत्रका स्वनिर्भर दलहरूलाई लिएर तीनधारेको चिल्ड्रेन पार्कमा बिरूवा रोपनको कार्य सम्पन्न गरिएको जानकारी गराएका छन्। उनले अहिलेको बढ्दो जलवायु परिवर्तनले गर्दा प्रत्येक व्यक्तिले एउटा बिरूवा रोपेर भावी पिँढीलाई बचाउन पहल गर्नु पर्ने बताउँदै यसपालीको थिम प्लास्टिकमुक्त परिवेश रहेको र यसै कारणले प्लास्टिकके प्रयोग कम गर्नु पर्ने आह्वान् गरेका छन्। त्यसरी नै तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्रीले विश्व पर्यावरण दिवसको शुभकामना दिन्दै यसपालीको थिम प्लास्टिकमुक्त परिवेश रहेकोले हामीले प्लास्टिकको प्रयोग कम गक्दै विस्तारै यसको प्रयोग कम गर्नु पर्ने आह्वान् गरेका छन्। उनले भने, ‘हामी सबैले संकल्प लिएर बिरूवा रोपनको कार्य गर्नुपर्छ अनि बिरूवाहरूका संरक्षण पनि गर्नुपर्छ।’