कोलकाता: सांसद अभिषेक ब्यानर्जीकी पत्नी रुचिरा ब्यानर्जी र दुई छोराछोरीलाई सोमबार कोलकाता एयरपोर्टमा रोकियो। उनीहरु दुबई जाँदै थिए। अभिषेक ब्यानर्जीकी पत्नी रुचिरा ब्यानर्जीलाई अध्यागमन कार्यालयले विमानस्थलमा रोक्यो। उनी कोलकाताबाट दुबई जान लागेकी थिइन्। उनी केही बेर कार्यालयभित्र बसे र त्यसपछि त्यहाँबाट निस्किन्। अब ईडीले रुचिरालाई ८ जुनमा बोलाएको छ।










