सिलगढी: ‘विश्व पर्यावरण दिवस’काे अवसरमा शहरका धेरै स्वयंसेवी संस्थाहरूले सिलगढीमा एक सचेतना रैली निकाले र प्लास्टिकको प्रयोग नगर्ने सन्देश दिए। महात्मा गान्धी चोकबाट शुरु भएको उक्त र्याली हिलकार्ट रोड हुँदै बगाजातीन पार्कमा सम्पन भयाे। एक स्वैच्छिक संस्थाका अध्यक्ष मुस्कान तामाङले सर्वसाधारण सचेत नभए प्रशासनले मात्रै प्लास्टिकमुक्त सहर बनाउन नसकिने बताए। उनले प्लाष्टिकको झोलाको सट्टा कपडाको झोला प्रयोग गर्न सबैलाई सन्देश दिए।