काम दिन्छौ भने सवैलाई देउ, एउटालाई काखा, अर्कोलाई पाखा गर्ने काम नगर: बविन सुब्बा

IMG-20230605-WA0216.jpg

दार्जीलिङ: ‘काम दिन्छौ भने सबैलाई देउ, एउटा लाई काखा अनि अर्कोलाई पाखा गर्ने काम नगर’ यो मनतब्य हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघ को बरिष्ठ कार्यकर्ता बविन सुब्बाले पोखेको हो। सोनादा पचेङ समष्टिमा हाम्रो पार्टीको सांगठनिक सभा आयोजना गरेको थियो।आयोजित सभामा पार्टी केन्द्रीय अध्यक्ष अजय एडवाडर्स स्वयम उपस्थित रहेका थिए। त्यसरी नै अन्य केन्द्रीय नेतृत्वहरू लगायत समष्टिको नेतृत्वहरूको पनि उपस्थिति रहेको थियो। आयोजित सभालाई सम्बोधन गर्ने क्रममा हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघको बरिष्ठ कार्यकर्ता बविन सुब्बाले गत धेरै दिन अधिदेखि बन्द अवस्थामा रहेको रम्बुक सिडर्स चिया बगानको विषयमाथि सरकार पक्षले आजसम्म दुईवटा बैठकहरू बोलाई सकेको छ,पहिलो बैठकमा भागोप्रमोको श्रमिक संगठनको नेतृत्वहरूले अंश ग्रहण गरेनन ,गत केही दिन अधि सम्पन्न भएको दोस्रो बैठकमा उनीहरूको एक जना प्रतिनिधिले अंश ग्रहण गरेको थियो।बैठकमा सवै श्रमिक संगठनहरूले श्रमिकहरूले भोग्न परेको समस्याहरूदेखि लिएर अन्य समस्याहरूको बारेमा आ आफ्नो पक्षहरू राख्यो।सवै श्रमिक संगठनहरूको कुरा सुनेपछि अनि दुई दुईवटा बैठकमा मालिक पक्षले अंश ग्रहण नर्दा सरकार पक्षले चिया श्रमिकहरूको निम्ति राहत वितरण आदि जस्ता विषयहरूको बारेमा पहल गर्ने आश्वसन दिएको थियो। बैठकमा उपस्थित सवै श्रमिक संगठनहरूको नेतृत्वहरू ले सरकार पक्षको निर्णयलाई स्वागत जनाएका थिए यहाँसम्म की भागोप्रमोको श्रमिक संगठनको नेतृत्वले पनि स्वागत जनाएका थिए सुब्बाले भने। तिनले अधि भने बैठकपछि भागोप्रमोको नेतृत्वले सरकार पक्षको पदाधिकारीहरूसंग छुटटै बैठक गरयो।हामी धर फर्किन्दै गर्दा एउटा अडियो फुटेज भाइरल भयो जसमा जीटीए चीफको निर्देशमा भोलीदेखि रम्बुक सिडर्स चिया बगानमा २ सय रूपियाँको दैनिक रोजीमा काम लगाउने जानकारी गराएको थियो तर दुखको कुरा बगानमा सिमित श्रमिकहरूलाई लगाउने भएको छ, जसले स्पष्ट हुन्छ एउटालाई काखा अनि अर्कोलाई पाखा सुब्बाले भने। रम्बुक सिडर्स चिया बगानमा १६ सय श्रमिकहरू कार्यरत छन, बन्द भएकोले यी सवै श्रमिकहरूलाई आफ्नो धर परिवारको पालन पोषण गर्न धेरै गाह्रो भई रहेको छ’ बविन सुब्बाले भने।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement