रेल दुर्घटनामा परेका चालक र गार्ड उपचाराधीन

00-1-Coromandale-Express-4

बालासोर (ओडिशा): बालासोरमा भएको भीषण रेल दुर्घटनामा २८८ जनाको मृत्यु भएको छ भने ८०० भन्दा बढी घाइते भएका छन्। रेल मन्त्रालयले दुर्घटनाको कारण पत्ता लगाउन उच्चस्तरीय छानबिन गर्न आदेश दिएको छ। यसका साथै सीबीआईबाट पनि छानबिन गर्न सिफारिस गरिएको छ। यो दुर्घटनापछि रेलका चालक र गार्डको स्थिति कस्तो होला भन्ने प्रश्न सबैको मनमा उप्जिएको छ। दुर्घटनामा दुई रेलका चालक र गार्ड घाइते भएका छन् अनि उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। संचारमाध्यमका अनुसार एक रेल अधिकारीले यो जानकारी दिएका छन्। मालगाडीका इन्जिन चालक र गार्ड भने जोगिएको उनले बताएका छन्l घाइतेहरूको सूचीमा लोको पाइलट र उनका सहायकका साथै कोरोमण्डल एक्सप्रेसका गार्ड र बेंगलुरु-हावडा सुपरफास्ट एक्सप्रेसका गार्ड पनि रहेको उनले बताएका छन्। कोरोमण्डल एक्सप्रेसका लोको पाइलट, सहायक लोको पाइलट र गार्ड अनि बेंगलुरु-हावडा एक्सप्रेसका गार्डको विभिन्न अस्पतालमा उपचार भइरहेको दक्षिण पूर्वी रेलवेको खड़गपुर डिभिजनका वरिष्ठ डिभिजनल कमर्शियल म्यानेजर राजेश कुमारले बताएको संचारमाध्यममा उल्लेख छ।

यसैबीच, पहिलो हाई स्पीड ट्रेन ‘हावडा-पुरी वंदे भारत एक्सप्रेस’ सोमबार बिहान बालासोर हुँदै चल्यो। अधिकारीहरूका अनुसार वन्दे भारत एक्सप्रेसले सोमबार बिहान ९.३० बजे बहनगा बजार स्टेशन पार गरेको थियो। रेलमन्त्री अश्विनी वैष्णव दुर्घटनास्थलमा उपस्थित थिए र तीव्र गतिमा रहेको रेल त्यहाँबाट चल्दा चालकहरूलाई हात हल्लाएको अधिकारीहरूले बताए। आइतबार राति अप लाइन र डाउन लाइनको लिक मरम्मतको काम सकिएको रेलमन्त्री वैष्णवले बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement