गोरुबथान उत्तराखण्ड कबीर धर्म मठमा सम्पन्न कबीर प्रकार्य दिवसको अन्तिम दिनमा हाम्रो पार्टीको अध्यक्ष अजय एडवार्डको उपस्थित

IMG-20230604-WA0369.jpg

गोरुबथान: गोरुबथान आहाले बस्तीमा स्थित उत्तराखण्ड कबिर धर्म मठ विगत तीन दिनदेखि कबीर प्राकट्य दिवस धार्मिक समारोह पालन भइरहेको छ। आज अन्तिम दिन आरती, चौका आदि गरियो।धेरै वर्ष पुरानो यस मठको पुरानो पूजाघर जसलाई कबीरपन्थीहरुले नामघर भन्ने गर्दछन सो नामघरको पुनर्निर्माण कार्य पनि चलिरहेको छ।आज यस अन्तिम दिनमा हाम्रो पार्टीको अध्यक्ष अजय एडवार्ड पनि साँझपख आइपुगे। यहाँ आइपुगेर उनले सबै सित भेटघाट गरे। नवनिर्मित नामघरको लागि १०० बेग सिमेन्ट आफ्नो पार्टीको तर्फबाट प्रदान गरे।ज्येष्ठ पुर्णेको दिन प्रतिवर्ष कबीर प्राक्टय दिवस हर्षोल्लासका साथ मनाउने गरिन्छ।यस पूजामा विभिन्न ठाउँबाट कबीरपन्थी धर्मावलम्बीहरु भेटघाट गर्ने गर्दछन्।हेर्नोस यो रिपोर्ट।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement