अर्को दुर्घटना: बालासोरबाट घाइतेहरूलाई बंगाल लैजाँदै गरेको बस दुर्घटना

accident-e1662019497862

कोलकाता: बालासोर रेल दुर्घटनामा घाइतेहरूलाई लिएर पश्चिम बंगालमा बस दुर्घटना भएको छ। घाइते यात्रीलाई आ–आफ्नो राज्यमा लगिएको छ। यसै क्रममा पश्चिम मिदनापुरमा बस दुर्घटनामा परेको छ। बालासोरका घाइतेहरू बसमा सवार थिए। जसका कारण राष्ट्रिय राजमार्गमा जाम भएको थियो। मिडिया रिपोर्टका अनुसार, मिदनापुरको राष्ट्रिय राजमार्ग ६० मा पिकअप भ्यान र बस एक आपसमा ठोक्किए। दुर्घटनामा कुनै मानवीय क्षति नभएको र सर्वसाधारणलाई सामान्य चोटपटक लागेको छ। घटनापछि राजमार्गमा ठूलो जाम भएको थियो। अर्को दुर्भाग्यपूर्ण घटनामा, सात घाइते यात्रीहरू बालासोरबाट पश्चिम बङ्गाल जाँदै गरेको बस शनिबार पश्चिम मिदनापुरको हुसैनाबादमा दुर्घटनामा परेको पुलिसले जनाएको छ। तर, कुनै हताहत भने भएको छैन।

About Author

Advertisement