तृणमूल छात्रा परिषदको मेल बन्धन कार्यक्रम कालचिनी ब्लकमा

1e155659-7158-4e08-a080-de97a099fba6

कालचिनीः तृणमूल छात्रा परिषदको मेल बन्धन कार्यक्रम विगत २५ मईको दिनदेखि भएको थियो भने अलिपुरद्वार जिल्लाको विभिन्न ब्लकहरूमा सो कार्यक्रम चल्दै आईरहेकोबीच आइतबारदेखि कालचिनी ब्लकको साताली र मलंगी अञ्चलमा सो मेल बन्धन कार्यक्रमको थालनी भएको तृणमूल छात्रा परिषदको कालचिनी ब्लक सभापति हैदर अली अन्सारीले जनाएका छन्।
उक्त कार्यक्रममा तृणमूल छात्रा परिषद अलिपुरद्वार जिल्ला सभापति समीर घोषको मुख्य उपस्थिति रहेको थियो भने कार्यक्रममा तृणमूल कालचिनी ब्लक सभापति बिरेन्द्र बारा उराँव लगायत छात्रा नेता हैदर अली अन्सारी, युवा नेता पवन योल्मो एवम् अञ्चल सभापतिहरूको सहभागिता रहेको थियो। कार्यक्रम अवधि पथसभा लगायत गाउँलेहरूको घर घरमा पुगेर उनीहरूको परिस्थितिको संज्ञान लिने कार्य गरीएको बताईएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement