सिक्किमको सिमाना चिवाभञ्ज्याङबाट महिनाव्यापी विरुवा रोपण कार्यक्रम शुरु

IMG-20230604-WA0419.jpg

गान्तोक: द हिमालयन फाउण्डेशन सिक्किम, इण्डियाको पहलमा आजदेखि एक महिनाव्यापी विरुवा रोपण कार्यक्रम पश्चिम सिक्किमको सिमाना सुदूरवर्ती क्षेत्र चिवाभञ्ज्याङबाट शुरु भएको छ। भारत-नेपालको सिमानामा आयोजित महिनाव्यापी विरुवा रोपण कार्यक्रमको थालनीमा भारत अनि नेपाल दुवै देशका नागरिकहरू अनि सेनाले हर्षोल्लासको साथमा सहभागिता जनाएर आजको कार्यक्रमलाई स्मरणीय बनाएको थियो। बढदो जलवायु परिवर्तन, जैविक उष्णता जस्ता भयावह अवस्थालाई ध्यानमा राखेर सो संस्थाले विभिन्न प्रकारका कार्यहरु गर्ने योजना रहेको छ। एकातिर दिनदिनै पानीको प्राकृतिक स्रोतहरू सुकिरहेको घटनाले मानव जातिलाई त्रसित बनाइरहेको छ भने अब पनि मानव प्राणीले कुरा नबुझे भविष्यमा ठूलो संकट आइपर्नेछ भन्ने संस्थाको टेक रहेको छ।

यसकारण अब गरिने विकासको सिद्धान्त, परिभाषा र परिपाटी नै बदल्नु पर्छ भन्ने द हिमालयन फाउण्डेसनका संस्थापक तथा अध्यक्ष जी.के याङ्माले विचार व्यक्त गरेका छन्। एक महिनासम्म विभिन्न स्थानहरुमा भौगोलिक परिस्थिति, अवस्था र ऊचाईंको हिसाबमा बोट-बिरुवा खोजी र छनौट गर्दै विरुपारोपणको कार्य चलिरहेको याङमाले थप जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement