मोटरबाइकको ठोक्कर लाग्दा वृद्धा महिलाको मृत्यु

IMG-20230528-WA0320.jpg

कालचिनीः आइतबार दिउँसो प्रायः १२ बजी सेन्ट्रल डुवर्स चियाबारीदेखि कालचिनीतर्फ आईरहेको एउटा मोटरबाइकको ठोक्करले चुवापाड़ा निवासी एकजना वृद्धा महिलाको मृत्यु भएको घटना प्रकासमा आएको छ। पुलिस सुत्रले बताए अनुसार मोटरबाइकमा सवार युवक शरण राई उमेर २५ चुवापाड़ा चियाबारी आईपुग्दा अचानक सड़क पार गर्न लागेकी वृद्धा महिला साँइली तामाङ उमेर ६५ सित ठोक्किन पुगेको थियो।
उक्त दुर्घटनामा वृद्धा महिलाको घटनास्थलमा नै मृत्यु भएको प्रत्यक्षदर्शीहरूले बताएका छन् भने दुर्घटना गर्ने मोटरबाइक सवार घटनास्थलबाट भाग्न सफल भएता पनि पुलिसले त्यस युवकलाई हेमिल्टनगञ्जबाट पक्राउ गरेको थियो। मृतक वृद्धा महिलाको शवलाई पोस्टमार्टमको निम्ति अलिपुरद्वार पठाएको र दुर्घटना गर्ने युवकलाई सोमबार अलिपुरद्वार जिल्ला अदालतमा पठाईने कालचिनी थाना प्रभारी टीएन लामाले जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement