राज्यपालले गरे चुकलाखाङ गुम्बामा पूजा अर्चना

IMG-20230604-WA0395.jpg

गान्तोक: राज्यका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले आज सागा दावा पर्वको अवसरमा चुकलाखाङ गुम्बामा पुगेर सिक्किमबासीको सुख शान्ति र समृद्धिको निम्ति पूजा अर्चना गरे। यसका साथै उनले केही दिन अघि उडिसाको बालसोरमा भएको रेल दुर्घटना परि ज्यान गुमाउनेहरू प्रति हार्दिक संवेदना प्रकट गर्दै घाइते हुनेहरूको शीघ्र स्वास्थ्यको कामना गरेका छन्।

उल्लेखनीय छ, उडिसाको बालसोरमा भएको रेल दुर्घटनामा परि लगभग तीनसय मानिसहरूले प्राण गुमाएका छन् भने ९ सय भन्दा अधिक घाइते बनेका छन्। हाल घाइते हुनेहरूको उपचार कटक र अन्य अस्पतालमा चलिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement