कोलकाताः मुख्यमन्त्री ममता ब्यानर्जी सोमवार चार दिवसीय यात्रामा दार्जीलिङ गइरहेकी छन्। नवान्न सूत्रहरू अनुसार, मुख्यमन्त्रीले आफ्नो चार दिवसीय पहाड़ भ्रमणमा बुधवार उद्योगपतिहरूको साथ बैठक गर्नेछिन्। यो बैठक दार्जीलिङको भानु भवनमा हुनेछ। बैठकमा प्रदेशका धेरै उद्योगपतिहरू बाहेक राज्यका धेरै विभागहरूका सचिव उपस्थित रहनेछन्। नवान्न सूत्रहरू अनुसार, उनले उद्योगपितहरू सामू चिया उद्योगमा निवेशको निम्ति पहाड़को अनुकूल माहोल पेश गर्नेछिन्।
उल्लेख्य, गत साल मुख्यमन्त्री ममता ब्यानर्जीले आफ्नो पहाड़ यात्रामा उद्योगपतिहरूसित पहाड़हरूमा निवेश गर्ने अपील गरेकी थिइन्। त्यस अनुरोधको जवाफमा उद्योगपतिहरू चिया उद्योगदेखि लिएर धेरै क्षेत्रहरूमा निवेश गर्न राजी भएका छन्। यसलाई ध्यानमा राख्दै अब राज्य सरकारले निवेशकहरूलाई आकर्षित गर्न अझ् एक कदम अघि सार्न चाहन्छ। यसैले मुख्यमन्त्रीले पहाड़ाहरूमा एक ऐऔद्योकि बैठक गर्ने बताइँदैछ, जुन धेरै महत्वपूर्ण हुन गइरहेछ।