जलपाइगढ़ीः राष्ट्रिय राजमार्गमा भएको दुर्घटनामा एक कार चालकको मृत्यु भएको छ। घटना आइतवार बिहानै जिल्लाको ओदलाबारी-बाग्राकोटबीच घीस रोडमा भएको हो। मृत चालकको पहिचान बाग्राकोट ग्राम पञ्चायत निवासी शिवकुमार ठाकुर (३०) को रूपम गरिएको छ।
माल महकुमा थानाका आईसी सुजीत लामा अनुसार, मृत कार चालक ओदलाबारीदेखि आफ्नो घर फर्किरहेको थियो। तब अचानक कार घीस रोडमा अनियन्त्रित भएर पल्टियो र चालक त्यसमा दबियो। स्थानीय मानिसहरूको मद्दतले कार चालकलाई अस्पताल पुऱ्यायो। जहाँ चिकिस्कहरूले उसलाई मृत घोषित गरे। शवलाई पोस्टमार्टमको निम्ति पठाएर अघिको जाँच शुरू गरिएको छ।