गान्तोक: दरामदिन निर्वाचन क्षेत्रमा जनतासँग सोझो वार्तालाप गर्ने कार्यक्रम सोम्बारिया स्थित पार्टी कार्यलयमा आजदेखि शुरू भएको छ। समष्टिका जनतासँग क्षेत्र विधायक एवं मन्त्री एमएन शेर्पाले भेटघाट गरे। भेटघाटको क्रममा समष्टिका जनता, बिरामीहरू, बयोवृद्ध व्यक्तित्वहरू अनि युवाहरूले आ-आफ्नो समस्याहरू मन्त्री समक्ष राखेका थिए। मन्त्री शेर्पाले जनताको जन-गुनासो सुनेर हर समस्याको समाधान गर्ने आश्वासन दिए।
जनता भेटघाट क्रममा क्षेत्र विधायक एवं मन्त्री एमएन शेर्पाले ल्यान्ड व्याङ्क योजना अन्तर्गत दरामदिन समष्टिका लगभग 16 परिवार लाभार्थीहरूलाई जमिनको पर्जापट्टा वितरण गरे। खाट्टी सिक्किमवासी भएता पनि जमिनको पर्जापट्टा क्षेत्र विधायक एवं मन्त्री स्वयम लागेर हात-हातमा दिए।