राजु सुब्बा बेस्ट ड्राइभरको रुपमा सम्मानित

नाम्ची। सिक्किम ट्रक चालक संगठन, नाम्ची डिभिजनको कार्यकारिणीवर्गको आज शपथ ग्रहण कार्यक्रम आयोजित गरियो। सड़क एंव पुल विभागका अध्यक्ष साइमन राई मुख्य अतिथिको रुपमा उपस्थित थिए भने नाम्ची थानाका पीआई सावन गुरुङ विशिष्ट अतिथिको रुपमा उपस्थित रहेको यस कार्यक्रममा ट्रक चालक संगठनका केन्द्रिय कार्यालयका अध्यक्ष डीबी छेत्री, कार्यकारी अध्यक्ष रमेश शर्मा, उपाध्यक्ष पूर्ण राई, महासचिव सुखराम राई, कोषाध्यक्ष बीर बहादुर राई अनि विभिन्न शाखा कार्यालयका प्रतिनिधिगणसहित सिलगढ़ी र टिस्टाका चालक संगठनका प्रतिनिधिहरु तथा नाम्चीका केही समाजसेवीहरुको उपस्थितिमा नाम्ची डिभिजनका अध्यक्ष अमर तामाङ, उपाध्यक्ष डम्बर राई अनि महासचिव रोशन गुरुङलाई केन्द्रिय अध्यक्ष अनि कार्यकारी अध्यक्षद्वारा शपथ ग्रहण गराइयो तथा प्रमाण पत्र र परिचय पत्र पनि प्रदान गरियो।

पासाङ शेर्पाले सञ्चालन गरेको यस कार्यक्रमको अवसरमा नाम्चीका २०२२-२३ -को उत्कृष्ट चालकको रुपमा राजु सुब्बालाई सम्मानित गरियो भने सरकारी प्रथमदर्जा ठिकादार महाबीर अग्रवाललाई अभिनन्दन जनाइयो। यसै अवसरमा नाम्ची शाखा युटिलिटी ट्रक चालक संगठनका कार्यकारिणीवर्गलाई परिचय पत्र प्रदान गरियो।