बाग्राकोटमा श्मशानघाटको द्वारोद्घाटन

बाग्राकोट। बाग्राकोटमा समस्त दाहसंस्कार प्रथावलम्बीहरूलाई एउटा पक्का श्मशानघाट नहुनु दिर्घ दिनदेखिको एउटा विकट समस्या थियो।  प्रथमचोटी सामाजिक रुपमा जुरन्ती नदी लालपूल छेउमा श्मशानघाट निर्माण गरिएको छ। बाग्राकोट तथा बाहिरका उदारहृदयी दाताहरूको आर्थिक सहयोगले नै यो घाट निर्माण हुनसकेको छ। निर्माण कार्यमा अरू पनि कार्य बाँकी रहे तापनि अहिलेलाई प्रयोगयोग्य भएको छ। यसर्थ यस वर्षको चुहुँदो झरीमा मृतदेह टाड़ा लान नपरोस् भन्ने अभिप्रायले नै आगामी २६ जून आइतबारको दिन वैदिक विधिद्वारा पूजा अर्चनासहित् द्वारोद्घाटन गरिने निश्चय भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement