पुरानो स्ट्याम्प पेपर जम्मा गर्ने देशकै पहिलो र एशियाकै दोस्रो व्यक्ति बने शिक्षक अभिषेक प्रसाद,इन्डिया बुक अफ रेकर्डमा नाम दर्ता

jyoti-2-1024x576-copy

सिलगढी- सिलगढीका एक शिक्षकले इन्डिया बुक अफ रेकर्डमा आफ्नो नाम दर्ता गराएर सिलगढी सहरको नाम पुरै देशमा ल्याएका छन् । सिलगढीको माटिगाडा अन्तर्गत तुम्बाजोटका अभिषेक प्रसाद पेशाले निजी विद्यालयका शिक्षक हुन्। पढाइ सकेपछि उनले स्ट्याम्प पेपरको विषयमा अनुसन्धान गर्न थाले।

सन् २०१९ देखि अभिषेकले स्ट्याम्प पेपर सङ्कलन गर्न थाले। केही समयमै उनले १२ सयभन्दा बढी स्ट्याम्प पेपर जम्मा गरिसकेका छन् । अभिषेकले स्वतन्त्रता अघि र पछि जारी गरिएका सबै टिकट पेपरहरू सङ्कलन गर्न थाले। तर, यो कामका क्रममा उनले अप्ठ्यारा पनि भोग्नुपरेको थियो । यसका बाबजुद पनि उनको प्रयास जारी रह्यो। उनीसँग अहिले ब्रिटिस शासनदेखि स्वतन्त्रतापछिसम्मका धेरै पुराना स्ट्याम्प पेपर रहेको बताइएको छ।

जानकारी अनुसार उत्तर बङ्गाल विश्वविद्यालयमा प्रदर्शनी आयोजना गरिएको थियो । जसमा उनी पनि सहभागी थिए । यस प्रदर्शनीमा इन्डिया बुक अफ रेकर्डसका प्रतिनिधि पनि पुगेका थिए । जहाँ अभिषेक प्रसादको कलाबाट प्रभावित भएर उनको नाम इन्डिया बुक अफ रेकर्ड्समा दर्ता भएको थियो । त्यहि क्रममा अभिषेक प्रसादलाई इन्डिया बुक अफ रेकर्ड्सबाट सम्मानित गर्नुका साथै मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । योसँगै उनी पुराना टिकट पेपर सङ्कलन गर्ने देशकै पहिलो र एशियाकै दोस्रो व्यक्ति बनेका छन् । यस सम्बन्धमा अभिषेक प्रसादले सिलगढीमा यी पुराना स्ट्याम्प पेपर र विश्व मुद्राको संग्रहालय बनाउने आफ्नो सपना रहेको बताए । पुराना स्ट्याम्प पेपरबाट पनि इतिहासको जानकारी प्राप्त हुने उनले बताए ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement