मिरिक: गोर्खा राष्ट्रिय युवा मोर्चाले स्थायी राजनैतिक समाधान विलम्ब भएकोमा आज गोरायुमो मिरिक ब्राञ्च कमिटीको आयोजनामा सौरेनी बजार सार्वजनिक भवनमा जनसभाको आयोजना गरियो। सभामा दार्जीलिङ, खरसाङ, कालेबुङ अनि मिरिकका गोरायुमो प्रतिनिधि साथै कार्यकर्ताहरुको व्यापक उपस्तिथि रहेको थियो।

उक्त सभामा वक्ताहरुले मनसुन सत्रमा साथै २०२३ भित्र नै स्थायी राजनैतिक समाधान हुनुपर्छ भनी आ-आफ्नो वक्तव्य राखेका थिए। आजको सभाको बारेमा थप जानकारी गराउँदै गोरायुमो मिरिक ब्राञ्च कमिटीका प्रवक्ता जनक खड्काले पत्रकारहरुलाई जानकारी गराएका छन्।