मणिपुर हिंसा: जाँच आयोगले छानबिन गर्ने

00-1-Rashtriya-Samachar-1

नयाँ दिल्ली: प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारत सरकारले जाँच आयोग अधिनियम, १९५२ अन्तर्गत जाँच आयोगलाई अधिसूचित गरेको छl जसको अध्यक्षता गुवाहाटी उच्च न्यायालयका पूर्व मुख्य न्यायाधीश, न्यायमूर्ति अजय लाम्बाले गर्नेछन् भने हिमांशु शेखर दास, आईएएस (सेवानिवृत्त) र आलोक प्रभाकर, आईपीएस (सेवानिवृत्त) आयोगका सदस्य रहने छन्। यस आयोगले गत महिना ३ मईमा र त्यसपछि मणिपुरमा भएको हिंसाका घटनाहरूको अनुसन्धान गर्नेछ। आयोगले मणिपुरमा हिंसाको कारण र यसलाई फैलाइएको बारेमा सोधपुछ गर्नेछ अनि कुनै जिम्मेवार अधिकारी वा व्यक्तिहरूको तर्फबाट सम्भावित त्रुटि भएको छ कि छैन बारेमा छानबिन हुनेछ।

केन्द्रीय गृह तथा सहकारिता मन्त्री अमित शाहले २९ मईदेखि १ जूनसम्म मणिपुरको भ्रमण गरेका थिए र स्थितिको समीक्षा गरेपछि छानबिन आयोग गठन गर्ने घोषणा गरेका थिए। आयोगले आफ्नो प्रतिवेदन जति सक्दो चाँडो केन्द्र सरकारलाई बुझाउनेछ, जुन यसको पहिलो बैठक बसेको मितिदेखि छह महिनाको समयावधि अघि हुनेछ। आयोगको मुख्यालय इम्फालमा हुनेछ। -पीआईबी

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement