सोनादा: भागोप्रमो रंगबुल धोतरिया रंगमुक समष्टी अन्तर्गत मिलिङ बुथ ३२९ मा आइतबारको दिन जीटीए चिफ् अनित थापाको तर्फबाट क्षेत्रीय सभासद राजेश चौहानको पहलमा मिलिङको गुरूङ गाउँ प्रगति समाज, जुनकेरी समाज, चन्द्र ज्योति समाज, लम्बा गाउँ नव कल्याण संघ समाजलाई समाजमा चाहिने सामग्रीहरू प्रदान गरिएको छ। समाजको हरेक कार्यहरू गर्दा धेरै दुःख र समस्या परेको हुँदा यी विषयहरू लिएर बुथ कमिटीको अध्यक्षको तर्फबाट क्षेत्रीय सभासद एंव जीटीए चिफलाई जानकारी गराएका थिए। उक्त विषयलाई यथाशीघ्र कार्यन्वयन गरिएकोमा हर्ष व्यक्त गर्दै बुथ अध्यक्ष सजन योञ्जन साथै चारवटा समाजको प्रतिनिधिगण अनि सदस्यहरूको तर्फबाट जीटीए चिफ् अनित थापा अनि क्षेत्रीय सभासदल राजेस चौहानला धन्यवाद दिएका छन्। भाषणमा मात्र राजनैतिक कुराहरू नछाँटेर कार्य रूपमा जनमानसको सेवा पुर्याउनु ठूलो कुरो हो। यसरी समाजमा आवश्यक सर सामानहरू प्रदान गरी सामाजिक कार्यहरूमा धेरै टेवा पुगेकोमा ग्रामवासीले हर्ष व्यक्त गर्दै आभार व्यक्त गरेका छन्।