बिरुवा रोप्नुको सट्टा गत वर्ष रोपेका बिरुवाहरू बचाउँदै राजाहट्टावासी

IMG-20230604-WA0339.jpg

सोनादा: पर्यावरण संरक्षण गरिनु हो भने रूख बचाउन आवश्यक छ। रूख बचाउनु हो भने बिरुवा बचाउन आवश्यक छ। सोही कुरालाई ध्यानमा राखेर यसचोटी सोनादाको राजाहट्टावासीले बिरुवा नरोपेर भएकै बिरुवाहरुलाई बचाउन उचित ठानेका छन्। विश्व पर्यावरण दिवसलाई केन्द्र गरेर एक दिन अगावै आइतबार छुट्टिको अवसर पारेर राजाहट्टावासीले गाउँ नजिकको सानो भाग जंगलमा फडाइ गरेर बिरुवा निकाल्ने कार्यक्रम गरे। सिञ्चेल वाइल्ड लाइफ, सोनादा बिट अनि राजाहट्टा जेएफएमसीको संयुक्त तत्वावधानमा उक्त कार्यक्रम गरियो। कार्यक्रममा सोनादा बिटका बिट अधिकारी रचना प्रधान, वनकर्मी, जेएफएमसी साथै राजाहट्टा एक्सप्लोर ग्रुपका सदस्यहरुले भाग लिएका थिए।

कार्यक्रमबारे जानकारी दिँदै जेएफएमसी सदस्य प्रताप राईले बताएअनुसार वर्षेनी पर्यावरण दिवसको अवसरमा जताततै विभिन्न प्रजातिका बिरुवाहरु रोपिने गरिन्छ। जुन कुरा सराहनीय छ। तर वर्षमा एक दिन बिरुवा रोपेर बाँकी दिन ती रोपेकै बिरुवाहरु कस्तो अवस्थामा छन् भनेर हेक्का समेत नराख्ने प्रवृत्तिले गर्दा पर्यावरण दिवस औपचारिकतामा मात्र सिमित बनिराखेको छ। यसैले साँचो रुपमा पर्यावरणप्रेमी हुने हो भने रोपिएका बिरुवाहरु रुखमा परिणत नभएसम्म उचित हेरचाह गर्नुपर्ने बुझेर नै यसचोटि गाउँदेखि नजिक वाइल्ड लाइफ क्षेत्रको सानो भाग जंगल चिन्हित गरेर यसप्रकार बिरुवा बचाउने कार्यक्रम गरिएको हो। उनले अझ बताए अनुसार सिञ्चेल वाइल्ड लाइफको बृहत अंश राजाहट्टा नजिक छ। तर विगतमा जंगल फाडेर लगाइएका हजारौं- लाखौं बिरुवाहरु मालिङ्गोको झाँडीले छोपेका कारण समयोचित ती बिरुवाहरु बडनु नपाएर हाल वाइल्ड लाइफ क्षेत्र मालिङ्गोको घारी भइराकेको छ। मालिङ्गो पनि प्रयोगमा आउने किसिमको छैन झाँडी मात्र भएपछि जंगलका लागि यो रोग बनिरहेको छ। यसैले गर्दा ती झाँडी फाँडेर बाँचेका बिरुवाहरु निकाल्ने यसचोटि जमर्को कसेको हो। कार्यक्रम सफल भएकोमा बिट अधिकारी रचना प्रधानले खुशीसँगै कृतज्ञता प्रकट गरेको उनले थप जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement